Logo

संघर्षको अन्तिम क्षणमा माधव नेपाललाई साथ छाड्नेहरुको के होला



काठमाडौं, २८ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको शक्तिसंघर्षमा अन्तिम समयमा एउटा समूहले कठोर कदम चाले । २८ असोजमा सर्वोच्च अदालतबाट फैसला आउनु ठिक अघिल्लो रात पार्टी एक बनाउने कार्यदलमा रहेकाहरुले माधव नेपाललाई वाइपास गरेर सम्झौता गरे ।

भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण बिष्ट, भीम आचार्य र रघु पन्तसहित नेपाल समूहका ६ जना कार्यदलमा थिए । जसमध्ये पन्तबाहेककाले हस्ताक्षर गरेका थिए । कार्यदलको सम्झौताप्रति नेपालले तत्काल असन्तुष्टि जनाएका थिए । उनले त्यसलाई अस्वीकार्य भनेका थिए ।

माधव नेपाललाई समेत वाइपास गरेर रावल, पाण्डेलगायतका नेताहरु अगाडि बढे । उनीहरुले नेपालको पनि साथ छाडेको सन्देश गयो । एमाले एकताको विषय उठाउँदै नेताहरुले नेपालको साथ छाडेको देखियो ।

अब शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने भएका छन् । यसमा माधव नेपालले तत्कालको राजनीतिक जीत हासिल गरेका छन् । उनलाई अन्तिम समयसम्म साथ दिनेमा २३ सांसदमध्ये १९ रहे । भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र गोकर्ण बिष्टले साथ छाडिसकेका थिए ।

अब नयाँ सरकार बन्दा नेपालको भूमिका के होला ? सरकारमा माधव नेपाल पक्षबाट को को जाने हुन् ? चासोको विषय बनेको छ । नेपाल पक्ष सरकारमा सहभागी नहुन पनि सक्छ । तर, सहभागी भएमा उनलाई अन्तिम समयमा साथ छाड्नेहरुको सहभागिता हुने सम्भावना भने कमजोर हुन सक्छ ।



प्रतिक्रिया दिनुहोस्