Logo

देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गर्ने अदालतको फैसलाले गणतन्त्र ज्ञानेन्द्रको पाउमा बुझाउनेछ : पूर्वमन्त्री पासवान



काठमाडौं, २८ असार । बहुजन शक्ति पार्टी, नेपालका अध्यक्ष तथा पूर्वमन्त्री विश्वेन्द्र पासवानले सर्वोच्च अदालतको आजको फैसला आफ्नो पार्टीको लागि अमान्य भएको टिप्पणी गरेका छन् । संसद् विघटनलाइृ बदर गर्ने र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिको नाममा सर्वोच्च अदालतले जारी गरेको परमादेशलाई लिएर पूर्वमन्त्री पासवानले आफ्नो असहमति राखेका हुन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत पासवानले यस्ता लेखेका छन्–‘सर्वोच्च अदालतको आजको फैसलाले के पुष्टि गर्छ भने शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएर गणतन्त्रलाई सिध्याउनको लागि ज्ञानेन्द्रको पाउमा बुझाउने छ । अर्को भनेको दलीय व्यवस्थालाई संविधानको धारा ७६ को ५ को जुन व्यवस्था हो, त्यसलाई पनि यो फैसलाले दलीय व्यवस्था समाप्त पारेको देखियो । अदालतको फैसला व्यक्तिगत रुपमा हाम्रो लागि अमान्य छ । हामी यो फैसला कुनैपनि हालतमा स्विकार गर्दैनौं ।’



प्रतिक्रिया दिनुहोस्