Logo

शिल्पा शेट्टीको तस्वीरले मच्चायो तहल्का



एजेन्सी, २८ असार । बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टी आजभोली फिल्म ‘हंगामा २’ को प्रमोसनमा व्यस्त छिन्। उनले नयाँ–नयाँ तरिकाले फिल्मको प्रमोशन गरिरहेकी छिन् । अहिले उनका फोटोहरू धेरै भाइरल भइरहेका छन्।

शिल्पा शेट्टीको ‘हंगामा २’ ओटीटी प्लेटफर्ममा रिलीज हुने भएको छ । शिल्पाले आफ्नै तरिकाले फिल्मको प्रमोशन गरिरहेकी छिन। उनले इन्स्टाग्राममा आकर्षक र बोल्ड तस्वीर सार्वजनिक गरेकी हुन् ।

शिल्पामा बढ्दो उमेरको कुनै संकेत देखिएको छैन, उनी त झन् दिनदिनै जवान देखिदै गएकी छिन् । शिल्पाको सुन्दर र जवान देखिनुको राज फिटनेस हो । शिल्पाले योगमा कुनै सम्झौता गर्दिनन् ।
उनी हंगामा २ को प्रमोशनको लागि लगाएको ड्रेसको कारण सामाजिक संजालमा सिकार भएपनि उनले त्यता ध्यान नदिएर अगाडी बढीरहेकी छिन् ।

‘हंगामा २’ स्टार शिल्पा शेट्टी, परेश रावल, प्रणिता, मीजान जाफ्रे र राजपाल यादव मुख्य भूमिकामा छन्। यो चलचित्र प्रियदर्शनले निर्देशन गरेका हुन् । शिल्पा लामो समय पछि यसै फिल्ममार्फत देखा पर्छिन्।



प्रतिक्रिया दिनुहोस्