Logo

दम्भ र अहंकार बोकेर फैसला कार्यान्वयनमा बाधा पुर्याउने मूर्खता कतैबाट नहोस : गगन थापा



काठमाडौं, २८ असार । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री गगन कुमार थापाले अदालतले प्रतिनिधिसभा विघटन असंवैधानिक भएकोले अदालतले व्याख्या गर्दै संविधानको रक्षा गरेको बताएका छन् । उनले अदालतको आदेश मन परेन भने असहमत हुन पाईने भएपनि अस्व्किार गर्न नहुने बताएका छन् ।

सामाजिक सञ्जालमार्फत थापाले यस्तो लेखेका छन्-“प्रतिनिधिसभा विघटन असंवैधानिक थियो,सर्बोच्च अदालतले व्याख्या गर्दै संविधानको रक्षा गरेको छ।अदालतको आदेश मनपरेन भने असहमत हुन पाइन्छ तर अस्वीकार गरिँदैन।उत्तेजना,दम्भ र अहंकार बोकेर फैसला कार्यान्वयनमा बाधा पुर्‍याउने मूर्खता कतैबाट नहोस् भन्ने आशागरौं।नत्र भिरबाट खस्नेलाई रामराम ।”



प्रतिक्रिया दिनुहोस्