Logo

शेयर बजार ४५ अंकले घट्दा ९ अर्बको कारोबार



काठमाडौं, २८ असार । शेयर बजारमा आज भारी अंकले गिरावट आएको छ । आज कारोबार भएका म्युच्युअल फण्ड बाहेक अन्य १२ उपसमुह राताम्मै भएका छन् ।

हिजो ७४ अंकले बढेको नेप्से आज ४५ दशमलव ६ अंकले घटेर २८ सय ५४ दशमलव ७६ बिन्दुमा रोकिएको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ८दशालव ६२ प्रतिशतले घटेर ५३४ दशमलव ८१ विन्दुमा थामिएको छ ।

नेप्सेको अनुसार आज २२९ कम्पनीको ९२ हजार १९२ पटक कारोबार भएर ९ अर्ब ९८ करोड २६ हजार ५२७ रुपैयाँ बराबरको २ करोड ६० लाख २१ हजार १०४ कित्ता खरिद बिक्रि भएको छ ।



प्रतिक्रिया दिनुहोस्