Logo

यी कम्पनीको लगानीकर्ताले कमाए धेरै



काठमाडौं, २८ असार । साताको कारोबारको दोस्रो दिन आज नेप्से १.५५ प्रतिशतले घटेको छ ।

नेप्सेको अनुसार सबैभन्दा धेरै आज समृद्धि फाइनान्सका लगानीकर्ताले प्रतिकित्ता २० रुपैयाँले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ५ दशमलव २४ प्रतिशतका दरले कमाएका हुन् ।

त्यस्तै, केबिएलका डिबेञ्चर इकाईधनीले ३ दशमलव ९४ प्रतिशतका दरले कमाएका छन् । कम्पनीको प्रतिकित्ता ४२ रुपैयाँकोे दरले शेयरमुल्य बढेर आज ११ सय ७ रुपैयाँ अन्तिम मुल्य कायम भएको छ ।

यसैगरी, एनबीबीएलका इकाईधनीले ३ दशमलव ८७ प्रतिशतका दरले कमाएका छन् । कम्पनीको प्रतिकित्ता ११ सय १ रुपैयाँ अन्तिम मुल्य कायम भई लगानीकर्तालदे आज ४१ रुपैयाँको दरले कमाएका हुन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot