Logo

नेपाल सद्भावना पार्टीद्वारा २२ बुँदे माग सार्वजनिक, ५ प्रदेश बनाउनुपर्ने प्रस्ताव (भिडिओसहित)



काठमाडौं, २८ असार । नेपाल सद्भावना पार्टीको राष्ट्रियले विभिन्न २२ बुँदे माग अघि सारेको छ। आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उक्त पार्टीले यस्ता माग अघि सारेको हो ।  पत्रकार सम्मेलनमा अध्यक्ष रामकुमार महतोले भने,‘हिन्दी भाषालाई नेपालको राष्ट्रिय सम्पर्क भाषाको रुपमा संविधानमा दर्ता गराउनुपर्छ ।’ अध्यक्ष महतोले नागरिकता प्रमाण–पत्रको समस्या दिन–प्रतिदिन जटिल अवस्थामा गइरहेको उल्लेख गरे । उनले भने, ‘नागरिकताको समस्या रोजी–रोटीसँग जोडिएको छ ।’ नागरिकताको समस्या समाधान र समान नागरिकको अधिकारको लागि भएको उनको भनाई थियो ।

राज्यको पुर्न संरचना गरेर काठमाडौंलाई केन्द्र बनाएर स्थानिय र सात प्रदेशलाई हटाएर पाँच प्रदेश मात्र बनाउनुपर्नेमा उनले जोड दिए । ‘काठमाडौं उपत्यकाका आसपासका क्षेत्रलाई केन्द्र शासिक प्रदेश बनाउनु पर्ने र पुर्वी पहाड प्रदेश, पश्चिमी पहाड प्रदेश, पुर्वी मधेस प्रदेश र पश्चिम मधेश प्रदेशलाई स्वायक्त प्रदेश बनाउनुपर्छ ।’–उनले भने ।

उनले अप्रमाणित मुद्दामा षड्यन्त्रपुर्वक वर्षौदेखि जेलमा राखिएका मधेसी नेता रेशम चौधरीलगायत अन्य कार्यकर्ताको झुठा मुद्दा खारेज गरेर सकुशल रिहाई गर्न सरकारसँग माग गरे । कार्यक्रममा अध्यक्ष महतोले संबैधानिक र राजनितिक उच्च पदको लागि कार्यकालको निश्चित गर्नुपर्नेमा जोड दिए । उनले भने,‘उमेरहदको सिमा एवं न्युनतम ज्ञान मापदण्ड कायमको लागि हो ।’

उनले नेपाल सरकार र मधेसकोबीचमा भएको २२ र ८ बुंदे सम्झौताको पुर्ण व्यवहारीक कार्यन्यन गर्नुपर्ने बताए । जर्बजस्ती जारी भएको संविधान नेपालको पुरै जनताको लागि हो भन्दै महतोले आफुहरुको संघर्ष संविधान संशोधनको लागि भएको जानकारी दिए । समाजवादमा व्यक्तिवाद हुँदैन भन्दै उनले देशको समग्र क्षेत्रमा व्याप्त व्यक्तिबाद, निजीबाद, परिवारवाद, नातावाद र कृपावादको अन्त्य गरिनुपर्ने जिकीर गरे ।

 



प्रतिक्रिया दिनुहोस्