Logo

फैसलाले लिक बाहिर धकेलिएको संविधानलाई ट्रयाकमा ल्याएको छः देउवा



काठमाडौं, २८ असार । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतको फैसलाले लिक बाहिर धकेलिएको संविधानलाई ट्रयाकमा ल्याएको टिप्पणी गरेका छन् । उनले फैसलालाई ऐतिहासिक भन्दै स्वागत समेत गरेका छन् ।

‘यो फैसलाले लिक बाहिर धकेलिएको संविधानलाई ट्रयाकमा ल्याएको छ,’ देउवाले फैसलाको स्वागतपछि विज्ञप्ति जारी गर्दै भनेका छन्,‘कसैले पनि यसलाई व्यक्तिगत जीत हारको विषयका रुपमा नलिई लोकतन्त्र, लोकतान्त्रिक संविधान अनि समग्रमा देश र जनताको हितमा उपयोग गरेर जानुपर्दछ ।’



प्रतिक्रिया दिनुहोस्