Logo

अदालतको फैसलापछि एमाले स्थायी कमिटीको अनौपचारिक बैठक, भीम रावल पनि सहभागी



काठमाडौं, २८ असार । नेकपा (एमाले) को अनौपचारिक स्थायी कमिटीको बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा परिवर्तित परिस्थितिमा पार्टीले चाल्नुपर्ने कदममा छलफल हुने प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

उक्त बैठकमा भीम बहादुर रावल पनि सहभागी छन् । उनी माधव नेपाल पक्षधर नेताको रुपमा परिचित थिए । तर, हिजो भएको १० बुँदे सहमतिपछि उनी अध्यक्ष ओलीको गुटमा पुगेको नेताहरुको प्रतिक्रिया छ ।

उता, विपक्षी गठबन्धनको बैठक पनि जारी छ । विपक्षी गठबन्धनको बैठकमा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल र रघुजी पन्त पनि सहभागी छन् । विपक्षी गठबन्धनमा कांग्रेस, नेकपा (माओवादी केन्द्र), एमालेको माधव नेपाल पक्ष, जसपाको उपेन्द्र यादव पक्ष र जनमोर्चासहित ५ दल छन् ।



प्रतिक्रिया दिनुहोस्