Logo

माधव नेपालसँग ४० प्रतिशत थियो भने देउवा र प्रचण्डको बैशाखी टेकेर हिँड्नुपर्दथ्यो र ? : डा. भट्टराई (भिडिओसहित)



काठमाडौं, २९ असार । नेकपा (एमाले) का नेता डा. राजन भट्टराईले माधव नेपालसँग ४० प्रतिशत सांसद भएको भए शेरबहादुर देउवा र प्रचण्डको बैशाखी टेकेर हिँड्दैन थिए भन्ने टिप्पणी गरेका छन् ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले माधव नेपालले विपक्षीको बैशाखी टेकेको भन्दै माधव नेपालको यो राजनीति लामो समयसम्म नजाने दाबी गरे । उनले माधव नेपालले अध्यक्ष पाईनँ भनेर याचना गरिरहेको पनि आरोप लगाए ।



प्रतिक्रिया दिनुहोस्