Logo

शम्भु थापालाई प्रश्न : एमालेका २३ सांसदले देउवालाई विश्वासको मत दिएनन् भने के हुन्छ ? (भिडिओसहित)



काठमाडौं, २९ असार । वरिष्ठ अधिवक्ता शम्भु थापाले अदालतले संविधानको सही व्याख्या गरेको स्पष्ट पारेका छन् । शेरबहादुर देउवालाई ७६ को ५ अनुसार प्रधानमन्त्रीमा नियुक्त हुन लागेको उनको भनाई छ । कतिपयले अदालतले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेको भन्ने टिप्पणीमा उनको असहमति छ ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले अब देउवाले संसद्मा विश्वासको मत लिनुपर्ने पनि बताए । यसअघि देउवाको पक्षमा बहुमत सांसदहरुले हस्ताक्षर गरेको भन्दै देउवाले विश्वासको मत लिँदा सबैले दिने पनि थापाले विश्वास दिलाए ।

पत्रकार धमलाले विश्वासको मत लिने क्रममा भोलि एमालेका २३ सांसदले मत दिएनन् भने के हुन्छ ? भनेर सोधेको प्रश्नमा थापाले भने,”यो अन्दाजमा नजाऔं । अदालतमा सांसदहरुले आँफै उपस्थित् भएर हस्ताक्षर गरेका छन् । पार्टी एक भएको कारणले गर्दा अदालतको फैसला मर्ने मलाई थाहा छैन् । एमाले एक भएर भयो के त ? एक भने पनि दुई भनेपनि यसको पछाडि यही मुद्दा हो नि ।”



प्रतिक्रिया दिनुहोस्