Logo

फेरी बढ्यो सुनको मुल्य



काठमाडौं, २९ असार । नेपाली बजारमा आज सुनको मुल्यमा सामान्य बृद्धि भएको छ । सोमबार प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज २ सयले बढेर ९२ हजार ४ सय रुपैयाँमा खरिद बिक्रि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज तेजाबी सुनको मुल्य प्रतितोला ९१ हजार ९ सय रुपैयाँमा कायम भएको छ । हिजो प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा खदिर बिक्रि भएको थियो ।

यसैगरी, चाँदीको मुल्य पनि आज १० रुपैयाँले बढेको छ । महासंघको अनुसार आज चाँदी प्रतितोला १३ सय २० रुपैयाँमा खरिद बिक्रि भैरहेको छ ।



प्रतिक्रिया दिनुहोस्