Logo

राधी विद्युत कम्पनीको साधारण सभा आज हुँदै



काठमाडौं, २९ असार । राधी विद्युत कम्पनीको आज (मंगलवार) साधारण सभा हुँदैछ । कोभिडको जोखिमलाई ध्यानमा राखी सभा कम्पनीको कार्यालय त्रिपुरेश्वर, काठमाडौंमा विहान ११ बजे भर्चुअल माध्यमबाट बोलाएको हो ।

आज हुने सभाले गत आर्थिक वर्ष ०७६÷७७ को वार्षिक प्रतिवेदनमाथि छलफल, प्रस्तावित लाभांश वितरण र हकप्रद शेयर निष्कासनको प्रस्ताव समेत पारित गर्ने जनाइएको छ ।

यस कम्पनीले यो चालु आर्थिक वर्षमा हालसम्मकै उच्च ३६ दशमलव ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot