Logo

नारायणघाटको नमस्ते ट्रेडिङ्ग एण्ड सप्लायर्स ‘लुमिनस डिलर अफ दि मन्थ’



नारायणघाट, २८ असार । लुमिनस पावर ब्याकअप सोलुसन र सनवर्थ सोलार प्यानलको लागि नेपालको आधिकारिक बिक्रेता अमट्रेड प्रालीले नमस्ते ट्रेडिंग एण्ड सप्लायर्सलाई जुन महिनाको ‘डिलर अफ द मन्थ’ सम्मान प्रदान गरेको छ । आफ्नो वार्षिक बजारीकरण योजना अन्तर्गत कम्पनीले निर्धारण गरेको मापदण्ड भित्र रहेर हरेक महिना उच्च कारोवार गर्ने डिलरलाई उक्त सम्मान प्रदान गर्दै आएको कम्पनीले जनाएको छ ।

जुन महिनामा उक्त स्थान हासिल गर्न न्यूरोड, नारायणघाटको नमस्ते ट्रेडिंग एण्ड सप्लायर्सका संचालक मान बहादुर अधिकारी सफल हुनुभएको छ । संचालक मान बहादुर अधिकारीले २०२१ सालमा दोश्रो पटक यो उपाधि हासिल गरेका हुन् । उनी गत अप्रिल महिनाको ‘डिलर अफ द मन्थ’ बाट पनि सम्मानित भएका हुन् ।

संचालक अधिकारीले लुमिनस ब्राण्डको पावर ब्याकअप र सोलार सोलुसनको गुणस्तर मात्र नभई अमट्रेड प्रालीले आफ्नो ग्राहकहरुलाई प्रदान गर्ने बिक्रीपश्चातका उत्कृष्ट सेवासुविधा र गतिविधीहरुले गर्दा नै उनी र उनीजस्तै व्यवसायी व्यवसायिक रुपमा अगाडी बढ्न सहयोग पुगेको बताएका छन् । अधिकारीले आफ्नो सबडिलरहरुलाई पनि धन्यवाद प्रकट गर्दै अमट्रेडले सबडिलरहरुको निमित्त सन २०२१ मा ल्याएको योजना – लुमिनस शक्ति कार्यक्रममा सहभागी भई लाभ उठाउन सुझाव दिएका छन् ।

यसैबिच उनले आफ्नो ग्राहकहरुलाई यस कोरोना महामारीको समयमा पनि उच्च सावधानि र सुरक्षा अपनाइ लुमिनस ब्राण्डको पावर ब्याकअप सोलुसनहरु उपलव्ध गर्दै आएको र साथ साथै नारायणघाट वरपर २ किलोमिटर भित्रका ग्राहकहरुका लागि लुमिनस ब्राण्डको इन्भर्टर र ब्याट्रीहरु खरीद गर्दा निः शुल्क होम डेलिभरीको व्यवस्था पनि भएको बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्