Logo

सर्वोच्चको फैसलाले मुलुकलाई सहि दिशामा ल्याएको वरिष्ठ कलाकार सिंखडाको दाबी



काठमाडौं, २९ असार । वरिष्ठ कलाकार तथा सामाजिक अभियन्ता श्रीकृष्ण सिंखडाले सर्वोच्च अदालतले हिजो गरेको संसदको पुस्थापनाको फैसला साथै संविधानमा भएको अस्पष्टतालाई समेत सुल्झाएर मुलुकको राजनिति सहि दिशामा ल्याएको दाबी गरेका छन् ।

आज रिपोर्टर्स नेपालसँग कुरा गर्दै कलाकार सिंखडाले कानुन, विधि, शासन, पद्धती राज्य संचालनको एउटा महत्वपुर्ण अस्त्र हो भन्दै यो अस्त्रलाई जानी नजानीकन दुरुपयोग गर्ने चेष्टा विल्कुलै गर्न नहुने भन्दै होसियार हुनुपर्ने तर्क गरे । उनले भने, ‘शक्ति पृथकिकरणको सिद्धान्त अनुसार राज्यका तीनै निकाय कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीच शक्ति सन्तुलन अन्तर्गत हाम्रो देशमा शासकिय व्यवस्था छ ।’

आगामी दिनमा सबै दलहरु मिलेर राष्ट्रलाई प्रजातान्त्रिक अभ्यासबाटै मार्ग निर्देश गर्नु अहिलको आवश्यकता भएको उनले औल्याए ।
सिंखडाले सम्पुर्ण युवाहरु राष्ट्रिय राजनितिको चासोको केन्द्रमा रहनुपर्ने अहिलेको आवश्यकता भएको भन्दै राष्ट्र प्रति सर्मपित हुन आम नागरिकलाई आग्रह गरे ।

 

 



प्रतिक्रिया दिनुहोस्