Logo

केपी ओलीबारे प्रचण्डको टिप्पणी : उहाँ असाध्यै अदुरदर्शी, अविवेकी र अहंकारी व्यक्ति हो (भिडिओसहित)



काठमाडौं, २९ असार । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई असाध्यै अदुरदर्शी, अविवेकी र अहंकारी व्यक्तिको संज्ञा दिए । आज राति ८ बजे प्राइम टिभीबाट प्रसारण हुने ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।

उनले भने,‘त्यो सि जिनपिङपनि मभन्दा जुनियर हो, मोदीको के बुद्धि छ भन्ने खालको उ छ क्या उहाँको, मैले त नजिकबाट बुँझे नि त । यस्तो अहंकार गरेर चल्छ ।’ उनले आफू र माधव नेपालबीच एउटा राम्रो समझदारी बनेको पनि दाबी गरे । उनले भने,‘माधव नेपाल र मबीच राम्रो अण्डरस्ट्याण्डिङ छ ।’ उनले एमालेको अध्यक्ष अब माधव नेपाल बन्नुपर्छ भन्ने आफ्नो प्रस्ताव रहेको सुनाए ।

उनले भने,‘मैले त माधव नेपालजीलाई नेकपाको अध्यक्ष बनाएँ नि, बराबरी हैसियतामा राखें, केपीको अहंकार र दम्भलाई जवाफको रुपमा मैले यसो गरेको हुँ ।’ उनले शेरबहादुर देउवाको नेतृत्वमा जनतालाई सेवा प्रवाह गर्नसक्ने नेताहरुलाई मन्त्री बनाएर पठाउने पनि विश्वास दिलाए ।



प्रतिक्रिया दिनुहोस्