Logo

काठमाडौंमा कोरोना संक्रमितको कस्तो छ स्थिति ?



काठमाडौं, २९ असार । नेपालमा हालसम्म ६ लाख ५७ हजार १३९ जना कोरोना संक्रमित भएका छन् । संक्रमित मध्ये ६ लाख २१ हजार २७ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हिजोमात्रै नेपालमा ११ हजार ५८४ परीक्षणबाट २३ सय ७० जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौं उपत्यकामा सबैभन्दा कोरोना संक्रमितको संख्या रहेको छ । जसमध्ये काठमाडौं जिल्लामा मात्रै २ लाख १ हजार १५ संक्रमित रहेका छन् भने १९ सय १३ जनाको मृत्यु भइुसकेको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ । त्यस्तै, संक्रमित मध्ये काडमाडौमा २ लाख ८ हजार ३४६ जनालाई संक्रमण निको भइसकेको छ । ५ हजार ४१८ जना संक्रमितको उपचार भैरहेको छ ।

त्यस्तै, मन्त्रालयको अनुसार भक्तपुरमा २२ हजार ७७० जना कोरोना संक्रमित मध्ये २१ ह्जार ४४५ जना संक्रमणमुक्त भएका छन् । यसैगरी, ९ सय ५३ जना संक्रमितको उपचार भैरहेको छ भने हालसम्म ३ सय ७२ जनाको निधन भएको छ ।

यसैगरी, ललितपुर जिल्लामा ५ सय ६० जना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ । ३८ हजार ५६५ जना कुल संक्रमित मध्ये ललितपुरमा ३६ हजार ६८३ जना संक्रमणमुक्त भएका छन् । १३ सय १९ जना संक्रिय संक्रतितको संख्या रहेको मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकामा वीरेन्द्र अस्पताल छाउनीमा ५ जनाको भेन्टिलेटर र २० जना कोरोना संक्रमितको उपचार भैरहेको छ । त्यस्तै, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा १६ जनाको भेन्टिलेटर र २१ जना संक्रमितको आइसीयुमा उपचार भैरहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, त्रि.वि. शिक्षण अस्पताल, महाराजगंजमा ४ जना आइसीयु र ३ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ । यसैगरी, पाटन अस्पताल ललितपुरमा २३ जनाको आइसियु र १० जनाको भेन्टिलेटरमा उपचार भैरहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, धुलिखेल अस्पतालमा २३ जनाको आइसीयु र २ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ ।



प्रतिक्रिया दिनुहोस्