Logo

राष्ट्रिय सहमतिका साथ कांग्रेस अघि बढ्छः पवित्रा लामा



काठमाडौँ, २९ असारः नेपाली कांग्रेसकी नेतृ पवित्रा लामाले कांग्रेस अब राष्ट्रिय सहमतिका साथ अगाडी बढ्ने बताएकी छिन् । उनले दुई तिहाईको सरकारले विधिलाई मिचेर गरेको असंवैधानिक र अलोकतान्त्रिक कार्यलाई सच्चाएर काँग्रेस नेतृत्वको सरकार अगाडी बढ्ने बताएकी हुन् ।

उनले भनिन्,‘हिजोको फैसलाले नेपाल र नेपाली जनताको जित भयो । अदालतकोे फैसलाले संविधान र राष्ट्रको गरिमालाई उँचो राखेको छ । संविधानको रक्षा, लोकतान्त्रिक मूल्य र मान्यता र राष्ट्रिय हितको रक्षा आजको ज्वलन्त आवश्यकता बनेको थियो । त्यसकारण म सर्वोच्चको फैसलालाई स्वागत गर्दछु ।’

सर्वोच्च अदालतको पछिल्लो फैसला देश र जनताको पक्षमा भएको भन्दै नेतृ लामाले अब कसैले पनि संविधानमाथि प्रहार गर्ने हिम्मत गर्न नसक्ने जिकिर गरिन् । उनले आफ्नो पार्टी देश र जनताका लागी काम गर्न सक्षम रहेकोे बताईन् । १४ औं महाधिवेशनले पार्टीलाई रुपान्तरण गर्न सक्ने समेत बताईन् । काँग्रेसले देशलाई महत्वपूर्ण अवस्थामा संकटबाट उन्मुक्ती गराउँदै आएकाले राष्ट्रिय सहमतिका साथ कांग्रेस अब अघि बढाउनुपर्नेमा जोड दिईन् । –Photo Source : Facebook/Pabitra lama 



प्रतिक्रिया दिनुहोस्