Logo

अदालतप्रति आक्रोश पोख्दै ओलीले भनेः जनादेश मेरो पक्षमा सर्वोच्चको परमादेश देउवाको पक्षमा



काठमाडौं, २९ । निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतप्रति आक्रोश पोखेका छन् । उनले आज देशवासीका नाममा सम्बोधन गर्दै अदालतले संविधानको अपव्याख्या गरेको भन्दै आक्रोश पोखेका हुन् ।

‘दलबाट निर्वाचित भएकालाई ह्वीप लगाउन पाइदैन भन्ने व्याख्या हाम्रो संघर्ष, दलीय आस्थाका लागि चुकाएको मूल्यर दलीय पद्धति माथि नै चुनौती हो,’ ओलीले भने, ‘ जनादेश मेरो पक्षमा सर्वोच्चको परमादेश शेरबहादुरजीको पक्षमा गयो ।’ उनले अदालतमाथि माग नगरिएका विषयहरुसम्म अगाडि बढेको टिप्पणी समेत गरे ।

अदालतले प्रत्येक विषयमा हात हालेको र नमागेका विषयहरुसम्म पुगेको टिप्पणी गरे । ओलीले भने,‘ संविधानको अपव्याख्याले संविधानको संशोधन गर्ने काम गरेको छ ।’

दलीय प्रणालीविरुद्ध देशलाई लान खोजिएको बताए । उनले आफ्नो पद जानेभन्दा पद्धतिको चिन्ता रहेको बताए ।

ओलीले अदालतप्रति जनताको विश्वास गुम्दै गएको समेत बताए । उनले भने,‘ हप्तौं अगाडि फैसलाको जानकारी पाउने गर्यो । जनताको यस्ता संस्थाप्रतिको विश्वासमा हस आउने र गुम्ने हुन्छ ।’

विगतमा पनि संविधानको अपव्यख्याले देशले ठूलो मूल्य चुकाउनुपरेको भन्दै फेरि त्यस्तै अवस्था आउने टिप्पणी गरे । उनले भने, ‘राजनीतिक विकृतिको मूल्य चुकाउनुपर्ने हुन्छ ।’ Photo By: Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्