Logo

ओलीलाई स्कर्टिङसहित बालुवाटारबाट बालकोटसम्म पुर्याउँछौं : महेश बस्नेत (भिडिओसहित)



काठमाडौं, २९ असार । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री महेश बस्नेतले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री निवास बालुवाटारबाट निजी निवास बालकोटसम्म हजारौं गाडी र मोटरसाईकलको स्कर्टिङमा पुर्याईने जानकारी दिए । त्यसको लागि सम्पूर्ण तयारी भैसकेको पनि बस्नेतले जनाए ।

बस्नेतले आफूहरुले युथफोर्स ब्युँताएको पनि जानकारी दिए । ब्युँतिएको युथफोर्सले पार्टीको निर्देशन र समन्वयअनुसार काम गर्ने पनि उनले जनाए ।  सर्वोच्च अदालतको हिजो फैसलाअनुसार प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवा नियुक्त भएका छन् । उनको आजै साँझ ६ बजे सपथग्रहण कार्यक्रम छ । देउवाले आजै सपथ खाएपनि उनी भोलिमात्रै बालुवाटार प्रवेश गर्ने कार्यक्रम रहेको बुझिएको छ । file photo



प्रतिक्रिया दिनुहोस्