Logo

आज सेन्ट्रल फाइनान्ससहित यी कम्पनीका लगानीकर्ताले कमाए धेरै



काठमाडौं, २० असार । नेप्सेमा आज हरियाली छाएको छ । २२३ कम्पनीको ५३ हजार १३९ पटक कारोबार भएर ५ अर्ब ५४ करोड ६३ लाख ५६ हजार २२४ रुपैयाँ बराबरको १ करोड २३ लाख ४८ हजार ३८९ कित्ता शेयर खरिद बिक्रि भएको छ ।

आज सबैभन्दा धेरै सेन्ट्रल फाइनान्स कम्पनीका लगानीकर्ताले आज ३० रुपैयाँको दरले कमाएका छन् । कम्पनीको प्रतिकित्ता अन्तिम मुल्य ४६० रुपैयाँ कायम भएको छ । कम्पनीका लगानीकर्ताले ६ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् ।

समृद्धि फाइनान्स कम्पनीका लगानीकर्ताले ६ दशमलव ७९ प्रतिशतका दरले कमाएका छन् । कम्पनीको शेयरमुल्य ६.७९ प्रतिशतले बढेर ४७२ रुपैयाँ अन्तिम मुल्य कायम भएको छ ।

मञ्जुश्री फाइनान्स कम्पनीका लगानीकर्ताले ६ दशमलव ६६ प्रतिशतका दरले कमाएका छन् । फाइनान्सको ७२ रुपैयाँले प्रतिकित्ता शेयर मुल्य बढेर ११ सय ५३ रुपैयाँ अन्तिम कायम भएको छ ।

 



प्रतिक्रिया दिनुहोस्