Logo

दिशा पटानीको बिकिनीको तस्वीर भाइरल



एजेन्सी, २९ असार । बलिउड अभिनेत्री दिशा पटानी सामाजिक संजालमा धेरै सक्रिय छिन्। उनले प्राय जसो आफ्ना आकर्षक र बोल्ड तस्वीरहरू फ्यानहरूसँग साझेदारी गर्दै आएकी छिन् । आज फेरी दिशा पटानीको बिकिनीको तस्विरले इन्टरनेटमा आतंक मच्चाएको छ ।

यस तस्वीरमा दिशा पाटनी समुद्र किनारको बालुवामा बिकिनी लगाएर सुतिरहेकी छिन् । दिशाले पशु प्रिन्ट बिकिनी लगाएकी छिन् । तस्वीरमा उनको शरीरलाई बालुवाले ढाकिएको देखिन्छ ।

तस्वीर साझेदारी गर्दै दिशाले फूल इमोजी प्रयोग गरेकी छिन् । दिशाको बोल्ड र आकर्षक लुकलाई फ्यानहरू धेरै मन पराएका छन् र कडा टिप्पणी गरिरहेका छन्।

दिशा पटानी प्रायः जसो इन्टरनेटमा बिकिनी तस्विरहरुका साथ आतंक मच्चाइरहेकी हुन्छिन् । उनले व्यायाम र कसरत गरेको भिडियो साझा गरिहन्छिन् ।

दिशा पटानी अन्तिम पटक राधेमा सलमान खानसँग देखिएकी थिइन् । चाँडै नै उनी ‘एक खलनायक रिटर्न्स’ मा पनि देखा पर्दैछिन् ।



प्रतिक्रिया दिनुहोस्