Logo

माओवादी केन्द्रबाट शर्मा र भुषाल मन्त्री बन्ने पक्का



काठमाडौं, २९ असार । नेकपा (माओवादी केन्द्र) बाट जनार्दन शर्मा र पम्फा भुषाल मन्त्री बन्ने भएका छन् । आज विहान बसेको स्थायी कमिटी बैठकले मन्त्री बनाउने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको थियो । दाहालले शर्मा र भुषाललाई मन्त्री बनाउने निर्णय गरेका हुन् ।

यद्धपी उनीहरुलाई कुन कुन मन्त्रालय दिईन लागिएको हो भनेर यकिन भएको छैन् । सर्वोच्च अदालतको परमादेश अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । देउवाले अहिले ६ बजे सपथ लिँदैछन् । आजै सानो आकारको मन्त्रिमण्डल विस्तार हुन लागेको हो । file photo



प्रतिक्रिया दिनुहोस्