Logo

प्रधानमन्त्री देउवाले लिए सपथ



काठमाडौं, २९ असार । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनियताको सपथ लिएका छन् । राष्ट्रपति कार्यालयले नियुक्ती पत्र सच्याएपछि प्रधानमन्त्रीमा देउवाले निर्धारित समयभन्दा अढाई घण्टा ढिलो सपथ लिएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री देउवालाई शितलनिवासमा आयोजित विशेष समारोहका बीच (मंगलबार) साँझ ८ बजेर २५ मिनेटमा शपथ खुवाएकी हुन्।

यसअघि सर्वोच्च अदालतको संवैधानिक इजलासको परमादेशअनुसार देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरिएको कुरा विज्ञप्तीमा उल्लेख गरिएको थियो । तर, प्रधानमन्त्री देउवाले संविधानको धारा ७६ को ५ अनुसार नियुक्त गरिएको हो भन्दै सोहीअनुसार विज्ञप्ती निकाल्नुपर्ने अडान लिएका थिए ।

तस्बिरः प्रदीपराज वन्त, रासस



प्रतिक्रिया दिनुहोस्