Logo

प्रधानमन्त्री देउवालाई सपथलगत्तै पहिलो बधाई माधव नेपालले दिए



काठमाडौं, २९ असार । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले सपथ लिएका छन् । शितलनिवासमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री देउवाले आज ८ः२५ बजे सपथ लिएका हुन् ।

सपथ लिएलगत्तै बधाई तथा शुभकामना ग्रहण गर्दा सुरुमा प्रधानमन्त्री देउवालाई नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालले दिएका थिए । देउवाले सामाजिक दूरी कायम गर्दै बधाई ग्रहण गरेका थिए ।

नेता नेपालले बधाई दिने क्रममा हात नै अघि बढाएका थिए । देउवाले माधव नेपालबाहेक अरु नेतासँग हातमात्रै जोडेर नमस्कार गर्दै बधाई तथा शुभकामना ग्रहण गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्