Logo

ज्ञानेन्द्रबहादुर कार्की सरकारका प्रवक्ता



काठमाडौं, २९ असार । मन्त्रिपरिषद्को बैठकले ज्ञानेन्द्रबहादुर कार्कीलाई प्रवक्ता तोकेको छ । आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले कार्कीलाई प्रवक्ता तोक्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को बैठकपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री कार्कीले प्रवक्ता आफूलाई तोकिएको जानकारी दिएका हुन् ।

आज शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएपछि पहिलो मन्त्रिपरिषद् बैठक बसेको हो ।-तस्बिर मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्