Logo

देउवा सरकारमा कस्लाई कुन मन्त्रालय



काठमाडौं, २९ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले आजै सानो आकारको मन्त्रिमण्डल बनाएका छन् । नेपाली काँग्रस र नेकपा माओवादीबाट २२ जना मन्त्रीहरु नियुक्त गरी सपथ समेत भएको छ ।

गठबन्धनको अर्को दल जनता समाजवादी पार्टीबाट आज मन्त्री नियुक्ति भएन । राष्ट्रिय जनमोर्चा पनि सरकारमा सहभागी भएन । नेकपा एमालेबाट माधवकुमार नेपाल खेमाले सरकारमा सहभागिता नजनाउने भएको छ ।



प्रतिक्रिया दिनुहोस्