Logo

देउवा सरकारको पहिलो निर्णय : चैत्र मसान्तभित्र सबै नागरिकलाई कोभिडविरुद्धको खोप लगाईसक्ने



काठमाडौं, २९ असार । सरकारले आगामी चैत्र मसान्तभित्रै खोप लगाउन योग्य सबै नागरिकलाई कोभिड-१९ विरुद्धको खोप लगाईसक्ने निर्णय गरेको छ। नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पदभार सम्हालेलगत्तै बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।

बैठकका निर्णय सार्वजनिक गर्दै मन्त्री कार्कीले असोज मसान्तसम्म एक तिहाई नागरिकलाई खोप लगाउने र चैत मशान्तसम्म खोप लगाउन योग्य सबै नेपालीलाई खोप लगाउने निर्णय भएको जानकारी दिएका हुन् । तस्विर तथा भिडिओ : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्