Logo

हवाई सेवा दुई दिनदेखि अवरुद्ध



हुम्ला, असार ३० । हुम्लाको एक मात्र यातायातको साधन हवाई सेवा दुई दिनदेखि अवरुद्ध भएको छ । मङ्गलबार बिहानदैखि कुहिरो लाग्ने र पानी परेका कारण हवाई सेवा अवरुद्ध भएको हो ।

नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाका निमित्त प्रबन्धक नबराज कटुवालले दुई दिनदेखि हवाई सेवा अवरुद्ध भएको बताए । उनले एकातिर खराब मौसम र अर्कोतिर बिहानैबाट कुहिरो लाग्ने, पानी पर्ने भइरहेका कारण नेपालगञ्ज र सुर्खेतमा जहाजहरू सिमकोटका लागि उडान भर्न नसकेको जानकारी दिए ।

सोमबारदेखि नेपालगञ्ज झर्ने तयारी गरिरहेकी यात्रु सीता कार्कीले उडान नभएपछि सिमकोटमै रोकिनुपरेको बताईन्। यात्रुहरू बिहानैबाट विमानस्थमा जाने तर उडान नभएपछि दिउँसो २ बजे फिर्ता हुने गरेका छन् ।

हवाई सेवा अवरुद्ध भएपछि जिल्लामा भित्रिने ९० जना र जिल्ला बाहिर जाने ७८ जना यात्रु रोकिनु परेको छ । त्यससँगै खाद्यान्न, विकास निर्माण सामग्री र कार्गोको सामान पनि ढुवानी हुन सकेको छैन । यसले विकासे काममा समेत बाधा पु¥याएको छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot