Logo

कस्तो रहला आज दिनभरको मौसम?



काठमाडौं, असार ३० । मनसुनी वायुको प्रभावका कारण पछिल्लो समय देशभर वर्षा भइरहेको छ । आज देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज देशभरको मौसममा सामान्य बदली रही प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा वर्षाको सम्भावना रहेको छ।

आज दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावनासमेत रहेको महाशाखाले उल्लेख गरेको छ ।

यस्तै राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।



प्रतिक्रिया दिनुहोस्