Logo

जसपाको महन्थ ठाकुर समूहले देउवालाई साथ नदिने, ओलीसँगै गठबन्धन



काठमाडौं, ३० असार । जनता समाजवादी पार्टीको महन्थ ठाकुर समूहले नेकपा एमालेको केपी शर्मा ओली समूहसँगको गठबन्धनलाई कायमै राख्ने भएको छ । उक्त समूह सरकारमा नगई विपक्षमा बस्ने र अहिलेलाई ओली समूहसँग मिलेर जाने टुंगोमा पुगेको हो ।

जसपाको ठाकुर समूहका नेता लक्ष्मणलाल कर्णले आफूहरु सरकारमा नजाने र प्रधानमन्त्री शेरबहादुर देउवालाई समर्थन पनि नगर्ने स्पष्ट पारे । उनले भने, हामी विपक्षमै बस्छौं र ओलीजीहरुसँगको गठबन्धन कायमै छ ।

जसपा अध्यक्ष उपेन्द्र यादव समूह सरकारको समर्थक हो । उक्त समूह सरकारमा जाने तयारीमा छ ।

जसपाभित्र ओलीविरोधी र समर्थक समूहबीच ठूलो विवाद छ । दुवै समूह विभाजनको प्रक्रियामा छन् । तर, कुन समूहमा कति सांसद छन् भन्ने यकिन हुन कठिन छ । त्यो संख्याले पनि प्रधानमन्त्री शेरबहादुर देउवाले संसदबाट बहुमत पाउने या नपाउने निर्धारण गर्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot