Logo

एमालेलाई विभाजनबाट रोक्नको लागि प्रयास नगर्न केही राजनीतिक दलका नेताहरुबाट दबाब र धम्कीयुक्त फोन आएको थियो : रावल (विज्ञप्तीसहित)



काठमाडौं, ३० असार । नेकपा (एमाले) का उपाध्यक्ष डा. भीम बहादुर रावलले आफूले भारतीय गुप्तचर संस्था रअ प्रमुखसँग भेटवार्ता गरेको भनेर समाचार आएकोप्रति आपत्ति जनाएका छन् । आज एक विज्ञप्ती जारी गर्दै उनले उक्त समाचारमा कुनै सत्यता नभएको भन्दै समाचारलाई मनगढन्तेको संज्ञा दिए ।

आफू र रअ प्रमुखबीच भेटवार्ता भएको भनिएको दिन असार २० गते वरिष्ठ नेता माधव कुमार नेपालको निवासमा रघुजी पन्तसँग छलफलमा रहेको पनि रावलले सुनाएका छन् । रावलले भनेका छन्–‘मेरो देशभक्ति र जनताप्रतिको समर्पित जीवन आदर्शमाथि आक्रमण गर्ने घृणित प्रपञ्च गरिएको छ ।’

रावलले आफूलाई नेकपा एमालेलाई विभाजनबाट रोक्नको लागि प्रयास नगर्न केही राजनीतिक दलका नेताहरुबाट दबाब र धम्कीयुक्त फोन आएको पनि दाबी गरेका छन् । पद र प्रतिष्ठाको लागि बाहृय शक्तिसामू घुँडा टेक्दै देशलाई संकटतर्फ धकेल्नेहरुले नै मेरो विरुद्ध उक्त प्रकारको झुठो प्रचार घृणित तहमा झरेर गरेका हुन् ।’



प्रतिक्रिया दिनुहोस्