Logo

गृहमन्त्री खाँणले सम्हाले कार्यभार (फोटोफिचर)



काठमाडौं, ३० असार । नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँणले आफ्नो कार्यभार सम्हालेका छन्। आज (बुधबार) सिंहदरबारस्थित् गृह मन्त्रालयल पुगेर मन्त्री खाँणले कार्यभार सम्हालेका हुन्। खाँणले हिजोमात्रै शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएका थिए ।

पदभार सम्हालेपछि मन्त्री खाँणले कोभिड महामारीको समयमा फ्रन्टलाईनमा रहेर भूमिका निर्वाह गरिरहेका सुरक्षाकर्मी, स्वास्थ्यकर्मीलगायतको प्रशंसा गरेका थिए । र, अग्रपँक्तिमा रहेर काम गरेकाहरुलाई प्रोत्साहन गरिने र पाउनुपर्ने सेवासुविधा उपलब्ध गराउने पनि उनको भनाई थियो ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्