Logo

अर्थमन्त्री शर्माद्धारा पदभार ग्रहण



काठमाडौं, ३० असार । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले कार्यभार सम्हालेका छन् । सिंहदरबारस्थित् मन्त्रालय पुगी शर्माले आज (बुधबार) पदभार सम्हालेका हुन् । शर्माले हिजो (मंगलबार) शितलनिवासमा पद तथा गोपनियताको सपथ खाएका हुन् ।

सर्वोच्च अदालतको परमादेशअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले हिजोमात्रै कांग्रेस सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६ को ५ अनुसार प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । देउवा सरकारमा शर्मासहित बालकृष्ण खाँण, ज्ञानेन्द्र बहादुर कार्की र पम्फा भुषाल मन्त्री बनेका छन् । खाँण गृहमन्त्री बनेका हुन भने कार्की कानून र भुषाल उर्जामन्त्री बनेकी हुन् । उनीहरुले आजै पदभार सम्हालिसकेका छन् । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्