Logo

प्रधानमन्त्री देउवालाई भारतीय राजदूत क्वात्राले भेटेरै दिए बधाई



काठमाडौं, ३० असार । प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले भेटेर बधाई तथा सफलताको शुभकामना दिएका छन् । भारतीय दूतावासले जनाएअनुसार राजदूत क्वात्राले आज प्रधानमन्त्री देउवालाई उनको निजी निवास बुढानिलकण्ठ पुगेर भेटेका हुन् ।

राजदूत क्वात्राले नेपाल–भारत द्धिपक्षीय सम्बन्धलाई अझै उचाइमा पुर्याउने र नेपाल र भारतका जनताबीचको सम्बन्धलाई पनि अझै प्रगाढ बनाउने विश्वस लिएको उल्लेख गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्