Logo

केपी ओलीको बालुवाटार-टु-बालकोट ‘रोड–ट्रिप’ (फोटोफिचर)



काठमाडौं, ३० असार । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सरकारी निवास बालुवाबाटर छोडेर बालकोट पुगेका छन् । सर्वोच्च अदालतको परमादेशअनुसार शेरबहादुर देउवा संविधानको धारा ७६ को ५ बमोजिम प्रधानमन्त्री बनेका छन् । उनले हिजो राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सपथ लिएका हुन् ।

बालकोटको घरको बार्दलीबाट ओलीले भने–‘माधव नेपालजस्ता लाजशरम हराएकालाई अब एमालेमा कुनै ठाउँ छैन्’

उनी आज/भोलि नै सरकारी निवास बालुवाटार जाने तयारीमा छन् । निवर्तमान प्रधानमन्त्री ओलीले भने आजै सरकारी निवास खाली गरिदिए । उनी बालुवाटारबाट बालकोट पुगिसकेका छन् । एमालेका नेता तथा कार्यकर्ताहरुले बाजागाजासहित ओलीलाई बालकोट पुर्याएका थिए । ओलीलाई युथ फोर्सले स्कर्टिङसमेत गरेको थियो ।

   

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्