Logo

जनआन्दोलनमा बुवाको अन्तिम मुख हेर्न नपाएका श्रेष्ठ जसको आक्रमणमा परि हात भाँचिएको थियो



नारायण घिमिरे `भावुक´ : बामपन्थीबाट आजित भएका नेपाली जनताको चाहनालाई मूर्तता दिने हो भने युवा नेतृत्वको कांग्रेस अबको आवश्यकता हो । दुई तिहाइको सरकारले मच्चाएको लुटतन्त्रको धज्जी उडाउन सक्ने नेतृत्व कांग्रेसलाई चाहिएको छ । आसन्न नेपाली काँङ्ग्रेसको जिल्ला महाधिवेशन नजिकिदै गर्दा नेपालि काँग्रेंसको पाल्पा जिल्ला नेतृत्वमा सभापति पदको लागि चर्चित युवा नेता हिमालदत्त श्रेष्ठको चर्चा परिचर्चा व्यापक मात्रामा आएको छ ।

करिब १३ वर्षको उमेर देखि नेपालि काँग्रेंसको राजनितिमा उनि आवद्ध भएका हुन् किनकि उनको निजि घरमा नेपाली काङ्ग्रेसको जिल्ला कार्यालय थियो । ठाकुर चन्द्र बिप्र र गम्बिर जङ्ग कार्कि पाल्पा जिल्ला नेपालि काँग्रेंसको सभापति हुँदा उनको निजि घर नेपालि काँग्रेंसको जिल्ला कार्यालय थियो । यसै कारण पनि उनले नजिक देखि राजनिति नियाल्न र स्थानिय जिल्ला कार्यकर्ता सँग घुलमिल हुन पाएका थिए । पाल्पा जिल्लाका ग्रामीण भेग वा नगरभेगका कार्यकर्ताको सेन्टर स्थानमा थियो उनको निजि निवास सुखदुखका सारथि थियो – पाल्पा जिल्लाका नेपालि काँग्रेंसका कार्यकर्ताको निम्ति ।

गिरिजा प्रसाद कोइराला, कृष्ण प्रसाद भट्टराई र सुशील कोइरालाको समाधिको अग्रपंक्तिमा स्वयंसेवकको रुपमा रहेका श्रेष्ठ जन आन्दोलनमा सहभागी हुँदा आफ्नो बुवाको मृत्युको समयमा बुवाको दाहसंस्कार र एक पटक मुख समेत हेर्न पाएनन् । त्यही समयमै बुवाको दुःख वारि रहेको समयमा त्रि.वि क्याम्पसमा देशभक्त संगले आक्रमण गर्दा हात भाचिएका श्रेष्ठ जन आन्दोलनका घाइते २०५९ को प्रतिगमनको आन्दोलनको सुरुदेखी नै नेपाली कांग्रेसका स्थायी आमन्त्रित सदस्य रहेका श्रेष्ठ पार्टी एकता पछि जिल्ला कार्यसमिति सदस्यमा २०६२ देखि रहेका उनी पटक पटकको जनआन्दोलनमा काठमाडौँ र पाल्पा गिरफ्तारीमा परेका श्रेष्ठ जन आन्दोलनका एक अविरल योद्धा थिए ।माओवादी जनयुद्धको समयमा पाल्पा नेविसंघको अध्यक्ष हुँदा पाल्पाका सबै विद्यालयमा नेविसंघ गठन गरेर हिडेका थिए ।

त्यसो त हिमाल दत्त श्रेष्ठ माध्यमिक स्कुल देखि विद्यार्थी राजनीतिमा सक्रिय हुन् । त्रिभुवन बहुमुखी क्याम्पसको इकाई सदस्य हुँदै इकाइ सभापति अनि निर्वाचित स्व.वि. यु सदस्य, उपसभापति हुँदै सभापति भएका हुन् र उनले हस्तान्तरण पनि नेविसंघ जुन समयमा नेपालि कांग्रेस विभाजित थियो त्यो बिभाजनकारि समुह अखिल सँग मिल्न गएको थियो उक्त समुह अखिल सँग मिल्दा पनि नेविसंघको सम्पूर्ण समुहलाइ निर्वाचित गर्न सफल भए | नेविसंघको चितवन महाधिवेशनमा पश्चिमाञ्चल क्षेत्र् देखि सबै भन्दा बढी मत ल्याई केन्द्रीय सदस्यमा निर्वाचित भए ।

२०६७ साल को १२ औँ जिल्ला महाधिवेशनमा पाल्पा जिल्ला सदस्यमा प्रथम स्थानमा जिल्ला सदस्य निर्वाचित भएका उनि २०७२ साल को १३ औँ महाधिवेशनमा एक्लै महासमितिमा अत्याधिक मतले निर्वाचित भएको सर्वविदितै छ । हिमाल दत्त श्रेष्ठ चाहे वृद्ध, चाहे युवा विद्यार्थी सबै पाल्पालि कार्यकर्ताको मुटुमा बस्न सफल भएका छन उनको त्यो क्षमता देखेर नेपाली काङ्ग्रेसको केन्द्रिय स्थापना इतर पक्षले नेविसंघको केन्द्रीय महामन्त्रीमा उम्मेदवार बनायो तर विडम्बनाको कुरा आन्तरिक व्यावस्थापन नमिल्दा मात्र १६ मतको झिनो मतले उपविजेता भए तर उपविजेता तर नेपाल विद्यार्थी सघंको संङ्ठन निर्माणमा विजेता भएर ब्यापक सक्रियता जनाए ।

उनि विगतमा जस्तो पाल्पालाइ शिक्षाको केन्द्र पश्चिमाञ्चलको बनाउन सरकारी स्कुल र सरकारी कलेज स्तरउन्नतिमा ध्यान दिन्छ्न् | निजि स्कुल र निजि कलेज भन्दा सस्तो सुलभ मुल्यको सरकारी स्कुल र सरकारी कलेज स्तर उन्नतिको लागि सदा लागि पर्छन् । हिमाल दत्त श्रेष्ठको चाहना सरकारी स्कुल र सरकारी कलेजलाई उत्कृष्ट बनाउनु हो | हाल केहि महिना अमेरिका रहेपनि त्यहाँ रहेर नेपाली काङ्ग्रेसको सङठन निर्माण र एन.आर.एन निर्वाचनमा लोकतन्त्र समुहलाई जिताउन लागेका थिए साथै पाल्पालि सघंलाई अमेरिकामा सशक्त बनाए ।

साथै कोरोनाको लागि चाहिने मेडिकल सामग्री पाल्पा लगायत देश भरि अमेरिका देखि सङ्कलन गरेर नेपाल पैठारी गरे | नेपाल आउनको लागि हवाई अवरोधले गर्दा नेपाल आउन केहि समय रोकिए पनि अर्को हप्ता आफ्नो गृह जिल्ला पाल्पा आउदै छ्न् | आम पाल्पालि जनता, काङ्ग्रेसि कार्यकर्ताको मन मष्तिष्कको अति रोजाईमा छ्न् हिमाल दत्त श्रेष्ठ ।

पाल्पालाई शिक्षा र पर्यटन क्षेत्र हब बनाउन र नेपाली काँग्रेसलाई पहिलो दल बनाउन योजनामा रहेका श्रेष्ठ पार्टिका अग्रज र साथीहरू सँग सल्लाहा गरेर आसन्न नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनमा उम्मेदवारी दिने जनाएका छन। नेपाल विद्यार्थी संघ जेभिटी तानसेन पाल्पाका इकाई सभापति नारायण घिमिरे `भावुक´ द्वारा प्राप्त ।



प्रतिक्रिया दिनुहोस्