Logo

हामीले समर्थन गरेर प्रधानमन्त्री बन्नुभएको देउवालाई विश्वासको मत नदिने भन्ने कुरै छैन् : विरोध खतिवडा (भिडिओसहित)



काठमाडौं, ३० असार । नेकपा (एमाले) का नेता तथा सांसद विरोध खतिवडाले आफूहरु प्रतिनिधिसभा पूर्ण कार्यकालको पक्षमा रहेको स्पष्ट पारेका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले भने,‘हामी संसद्को पूर्ण कार्यकाल चाहन्छौं । संसद् पूनःस्थापना भयो, अब यो संसद् पूरा कार्यकाल चल्छ ।’

उनले १४६ जना सांसदको समर्थनमा शेरबहादुर देउवा प्रधानमन्त्री बनेर आएकोले उनले विश्वासको मत नपाउने भन्ने कुरै नभएको जिकिर गरे । उनले भने,‘हामी त अहिले पनि पार्टीकै सांसद हौं ।’ उनले सर्वदलीय सरकार बनाएर चुनावमा जाँदा नै राम्रो हुने तर्क गरे । उनले बरु, प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय सरकार बनाउनको लागि आह्वान गर्नुपर्नेमा जोड दिए ।



प्रतिक्रिया दिनुहोस्