Logo

भारतमा कर्मचारीको तलब वृद्धि भएसँगै नेपालमा रेमिटेन्स बढ्ने



काठमाडौं, ३० असार । भारतमा कर्मचारीको तलब वृद्धि भएको छ । सरकारी निकायमा कार्यरत कर्मचारीहरुको तलब र पेन्सन १७ देखि १८ प्रतिशतले वृद्धि भएको हो ।
भारतका केन्द्रीयमन्त्री अनुराग ठाकुरले तलब वृद्धिको घोषणा गरेका हुन् । जुलाई १ देखि तलब वृद्धि लागू हुने जनाइएको छ ।

तलब वृद्धिले भारतमा ४८ लाख ३४ हजार सरकारी कर्मचारी र ६५ लाख २६ हजार पेन्सन खाइपाइआएकाहरुलाई राहत भएको इन्डियन एक्सप्रेसले जनाएको छ । भारतमा गत वर्ष ४ प्रतिशतले तलब वृद्धि भएको थियो ।

भारतमा तलब वृद्धि भएलगत्तै नेपाली गोर्खा सैनिक र भारतको सरकारी निकायमा कार्यरत नेपालीहरुको तलब तथा पेन्सन वृद्धि भएको छ । अब नेपालमा भारतबाट रेमिटेन्स बढ्ने भएको छ । भारतको सरकारी निकायमा एक लाख र पेन्सन प्राप्त गर्दै आएका त्योभन्दा बढी छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot