Logo

पाकिस्तानमा बिष्फोटमा परी ९ चिनियाँसहित १२ को मृत्यु



एजेन्सी, ३० असार । पाकिस्तानमा गुडिरहेको बसमा भएको बिष्फोटमा परी ९ चिनियाँ नागरिकसहित १२ जनाको मृत्यु भएको छ । घटनामा दुई पाकिस्तानी सैनिक र एक गैरसैनिकको पनि मृत्यु भएको छ ।

उत्तरी पाकिस्तानको दुर्गम क्षेत्रमा बसमा बिष्फोट भएको अलजजिराले लेखेको छ । बिष्फोटमा परी बस नदीछेउ खसेको थियो । पाकिस्तानी विदेश मन्त्रालयले बस प्राविधिक कारणले ग्याँस लिक भई बिष्फोटमा परेको इमेल पत्र आफूलाई लेखेको अलजजिराले उल्लेख गरेको छ ।

चिनियाँ कामदारहरु निर्माण आयोजनाका लागि जाँदै गर्दा घटना भएको थियो । बसमा ३० चिनियाँ इन्जिनियर थिए । उनीहरु डासु बाँधतर्फ जाँदै थिए ।

यसैगरी, चीनले आफ्ना नागरिकको मृत्यु भएको घटनामा छानविन गर्न माग गरेको छ । चीनले पाकिस्तानलाई आफ्ना नागरिकको सुरक्षामा चासो दिन ध्यानाकर्षण समेत गराएको छ ।-Photo Credit: CFP



प्रतिक्रिया दिनुहोस्