Logo

प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद बैठक, महत्वपूर्ण निर्णय गर्ने तयारी



काठमाडौंं, ३१ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठक बोलाएका छन् । मन्त्रिपरिषद बैठक बस्नुपर्ने भएकोले आजको लागि बोलाईएको पार्टी पदाधिकारी बैठक समेत स्थगित् गरिएको छ । आजको बैठकमा महत्वपूर्ण निर्णय लिईने चर्चा छ ।

हिजोमात्रै प्रधानमन्त्री देउवाले नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाललाई उनकै निवासमा पुगेर भेटेका थिए । उक्त भेटमा देउवाले आफ्नो सरकारमा सहभागी हुनको लागि नेपाल पक्षलाई आग्रह गरेका थिए । यसमा नेता नेपालले अहिले सरकारमा सहभागी नहुने जवाफ दिएको स्रोतको दाबी छ ।

तर, विश्वासको मत भने दिने उनको वचनबद्धता थियो । स्रोतका अनुसार प्रधानमन्त्री देउवाले नेता नेपाललाई एमालेभित्र अप्ठ्यारो भए त्यसका गाँठो फुकाउनसमेत आफू तयार रहेको विश्वास दिलाएका थिए । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot