Logo

हिजो प्रचण्ड भेटेका विप्लवले आज माधव नेपाललाई भेटे, के कुराकानी भयो ?



काठमाडौं, ३१ असार । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाललाई भेटेका छन् । नेता नेपालको कोटेश्वरस्थित् निवासमा पुगेर महासचिव विप्लवले आज भेटवार्ता गरेका हुन् । हिजोमात्रै विप्लवले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई भेटेका थिए ।

नेता नेपालसँग समसामयिक राजनीतिक विषयमा कुराकानी भएको बताईएको छ । यसको अलवा विप्लवले यसअघिको सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयनमा पहल गरिदिनसमेत नेता नेपाललाई आग्रह गरेको बुझिएको छ । तस्विर : मोहन गौतम/फेशबुक



प्रतिक्रिया दिनुहोस्