Logo

अष्ट्रेलियाली राजदूतद्वारा अध्यक्ष प्रचण्डसँग शिष्टाचार भेटवार्ता



काठमाडौं, ३१ असार। नेपालका लागि अष्ट्रेलियाली राजदूत फेलोसिटी भल्कले आज बिहान जेकपा (माओवादी केन्द्र ) अध्यक्ष तग पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग शिष्टाचार भेटवार्ता गरेकी छिन् ।

भेटका क्रममा अध्यक्ष प्रचण्डले नवनियुक्त राजदूत भल्कलाई स्वागत गरेको र अष्ट्रेलियासँग नेपालको सम्बन्ध धेरै पुरानो रहेको उल्लेख गरेका थिए । दाहालको सचिवालयले जनाएअनुसार दाहालले नेपालका लागि पुर्‍याउँदै आएको सहयोग र सद्भावप्रति अष्ट्रेलिया र त्यहाँका जनतामा कृतज्ञता प्रकट गरेका थिए ।

सो अवसरमा अध्यक्षले राजदूत भल्कको कार्यकालको सफलताको शुभकामना व्यक्त गरेका छन् । उक्त भेटवार्ता राजदूत भल्कले नेपाल र नेपालीलाई अष्ट्रेलियाली जनताले प्यारो मान्ने बताईन् । उनले आफ्नो कार्यकाल सफल बनाउन सहयोगको अपेक्षा पनि गरिन् ।



प्रतिक्रिया दिनुहोस्