Logo

माधव नेपालको निवासमा प्रचण्ड र विप्लवसहित छलफल



काठमाडौं, ३१ असार । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालको कोटेश्वरस्थित् निवासमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । सुरुमा नेता नेपालसँग विप्लवको मात्रै भेटवार्ता भएको थियो ।

तर, भेटवार्ताकै क्रममा प्रचण्ड पनि नेपाल निवास पुगेपछि तीन जना नेताबीच छलफल भएको हो । हिजोमात्रै विप्लवले प्रचण्डसँग उनको निवास खुमलटार पुगेर भेटवार्ता गरेका थिए । त्यसको भोलिपल्ट आज विप्लव नेता नेपालसँग भेट्न कोटेश्वर पुगेका हुन् । Photo Source: Ganga Dahal/Facebook



प्रतिक्रिया दिनुहोस्