Logo

भीम रावल अलमलमा: नेपाल रोज्लान् कि ओली ?



काठमाडौं, ३१ असार । नेकपा एमालेका उपाध्यक्ष भीम रावल यतिबेला अलमलमा छन् । उनी एमाले एकताको पक्षमा अन्तिम समयमा उभिएका थिए । वरिष्ठ नेता माधवकुमार नेपालको असन्तुष्टिका बाबजुद पार्टी एकता कायम राख्ने १० बुँदे सहमतिमा हस्ताक्षर गरेका थिए ।

रावल यसअघि काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने २६ सांसदमध्येका एक थिए । उनले नै त्यो अवस्था ल्याउन महत्वपूर्ण भूमिका खेलेका थिए । अन्तिम समयमा आएर रावल हस्ताक्षर फिर्ता लिने गरी १० बुँदे सम्झौतामा अगाडि बढे । तर, त्यो सम्झौताले देउवा प्रधानमन्त्री बन्नबाट रोकिएनन् ।

अब देउवाका लागि विश्वासको मत लिनु चुनौतीपूर्ण हुनसक्छ । विश्वासको मतको पक्षमा माधव नेपाल जाने निश्चित भइसकेको छ । तर, उनका पक्षका २३ सांसद सबैले पक्षमा मत दिने हुन् या होइनन् चासोको विषय छ ।

भीम रावल माधव नेपालको पक्षमै रहने या नरहनेमा अलमलमा छन् । उनीसँग केही सांसद पक्षमा छन् । रावलको निर्णयले देउवा सरकारलाई असर पर्न सक्छ । उनले माधव नेपाललाई नरोजी ओलीलाई रोजेमा नयाँ परिस्थिति बन्न सक्छ । त्यसैले रावलले ओली रोज्लान् कि नेपाल ? चासोको विषय बनेको छ ।

रावलसहित सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण बिष्ट र योगेश भट्टराईले कुन पक्ष रोज्ने हुन् ? टुंगो लागिसकेको छैन । अब यो समूहको निर्णयले सरकारमाथि नयाँ चुनौती बन्न सक्छ ।



प्रतिक्रिया दिनुहोस्