Logo

मिटिङमा सहभागी हुँदा यी कुरामा ध्यान दिए सकरात्मक छवि सिर्जना हुने



कार्यालयको मिटिङमा सहभागी हुँदा केही कुरामा ध्यान दिँदा तपाईको सकरात्मक छवि सिर्जना गर्दछ ।

काठमाडौं, ३१ असार । मिटिङमा तपाईको व्यवसायिक व्यवहारले सकरात्मक छवि बनाउछ । कार्यालयको मिटिङमा उपस्थित हुने समयमा केही कुरामा ध्यान दिनुपर्छ ।

  • मिटिङमा ढिलो पुग्दा खराब प्रभाव पर्ने हुँदा सधै मिटिङ सुरु हुनु भन्दा पाँच मिनेट पहिले नै हलमा पुगिसक्नुपर्छ । यदि ढिलो पुगेमा चुपचाप आफ्नो सिटमा बस्नुपर्छ ।
  • मिटिङमा जानु भन्दा पहिला तयारी गर्नुपर्छ । मिटिङमा जे बोल्न मन छ त्यो नोटमा लेखिएको हुनुपर्छ । जसले सोही विषयसँग जोडिएका नयाँ जानकारी प्राप्त गर्न सकिन्छ ।
  • सधै संक्षेप र सरल भाषामा आफ्नो कुरा राख्नुपर्छ । यसो गर्दा कसैको ध्यान बाहिर भड्कदैन् ।
  • आफ्नो कुरा सकिएपनि सोधेको प्रश्नको जवाफ धैर्यपुर्वक दिनुपर्छ । मानिसहरु तपाईको कुरामा सहमत छैनन् भने बहस गर्नुहुँदैन् ।
  • मिटिङमा उठ्ने सबै विषय आवश्यक हुँदैनन् यद्यपि शान्त भएर बस्नुपर्छ ।
  • यदि सिनियर तथा हाकिमको कुरामा सहमत नभएपनि बिचमा कुरा काट्न हुँदैन् । मिटिङ सकिएपछि एकान्तमा सकरात्मक ढंगबाट कुरा गर्र्नुपर्छ ।
  • आफुले प्रस्तुत गर्ने विषयवस्तुमा आत्मविश्वास हुनुपर्छ ।
  • आफ्नो मोवाइल सधै मिटिङमा साइलेन्समा राख्नुपर्छ ।
  • यदि जरुरी छैन् भने मिटिङको बिचमा फोन रिसिभ गर्नुहुँदैन् । यदि गर्नै परेमा चुपचाप बाहिर निक्लेर कुरा गर्नुपर्छ ।
  • मिटिङको महत्वपुर्ण कुरा डायरीमा नोट गरेर राख्नुपर्छ । यसो गर्दा सम्झन सजिलो हुन्छ ।
  • कहिल्यै पनि मिटिङको क्रममां एक–आपसमा कुरा गर्न हुँदैन् ।
  • मिटिङ सकिए पछि सबैलाई आभार व्यक्त गर्न भुल्न हुँदैन् ।


प्रतिक्रिया दिनुहोस्