Logo

श्रीमानलाई भुत जस्तै देखेपछि पत्नीले मागिन सम्बन्ध विच्छेद र भत्ता



एजेन्सी । पति र पत्नीको नाता धेरै राम्रो हुन्छ । आगोलाई साक्षी मानेर सात जन्मसम्म एक अर्काको साथ निभाउने कसम खाएका हुन्छन् । साना–साना झगडा हुँदै पति र पत्नीको नाता बलियो हुँदै जान्छ ।

हाल भारतको मध्य प्रदेशको गवालियर जिल्लामा एक अनौठो विषयले स्थान पाएको छ । पतिसँग सम्बन्ध विच्छेदको लागि पत्नीले अदालतमा मुद्दा दायर गरेकी छिन् ।

वास्तवमा गवालिएरको फेमिली अदालतमा एक महिना अघि एक महिलाले पतिसँग सम्बन्ध विच्छेद गर्न पाउन भन्र्दै रिट हालेकी थिइन् । उनले कारण पतिलाई भुत जस्तो देखिएको बताएकी थिइन् । उनले अब आफु धेरै डराएको हुँदा पतिसँग बस्न नसक्ने बताएपछि अदालतका सबैजना आश्चर्यमा परेका थिए ।

महिलाले पतिसँग बस्न नसक्ने भन्दै प्रत्येक महिनाको लागि खर्च समेत दिनुपर्ने माग गरेकी छिन् । महिलाले पतिकै कारण अलग बस्न बाध्य भएको भन्दै खर्च पनि पतिले नै दिनुपर्ने दाबी गरेकी छिन् । हालसम्म अदालतमा उक्त विषयको सुनुवाई भएको छैन् ।

पहिलाका मानिसहरुमा धैर्यता थियो । साना–मसिना कुरामा ध्यान दिँदैनथे । तर, आजकल साना–साना कुरामा झगडा हुँदा पनि सम्बन्ध विच्छेद गर्न खोजिरहेका हुन्छन् ।



प्रतिक्रिया दिनुहोस्