Logo

दीपदान के हो, कसरी गरिन्छ र कस्ता छन् फाइदा



३१ असार । दीपदानको बारेमा सबैले सनेकै छौ, तर थोरै मानिसलाई मात्र थाहा छ दीपदान के हो, कसरी गरिन्छ र के छन् फाइदा । आज हामी यसको बारेमा चर्चा गर्छौ ।

दीपदान के हो ?
दीपकलाई दान गर्नु वा दीप जलाएर उचित स्थानमा राख्नु दीपदान हो । कुनै बत्तिलाई बालेर देवस्थानमा राख्नु वा नदीमा बगाउनु दीपदान भनिन्छ । यो भगवान समक्ष प्रकट गर्नेको एक तरिका हो ।

दीपदान कहाँ गरिन्छ ?
देवमन्दिरमा
विद्धान ब्राह्मणको घरमा
नदीको किनार वा नदीमा
दुर्गम स्थान वा भुमि (धानको माथि)

कसरी गरिन्छ दीपदान ?
माटोको दियोमा तेल हालेर मन्दिरमा बालेर मन्दिरमा राख्ने । दीपको संख्या र बत्तिहरु खास समयानुसार र मनोकामना अनुसार तय हुन्छ ।
साना–साना बत्ति बनाएर अलिकति तेल हालेर कपासको रुई बालेर पिपल वा बरको पातमा राखेर नदीमा बगाउने गरिन्छ ।
देव मन्दिरमा बत्ति सिधै जमिनमा राख्नु हुँदैन् । बत्तिलाई चामल वा सप्तधानमाथि राख्नुपर्छ । भुमिमा राख्दा उल्टै हानी हुन्छ ।

कहिले गर्ने दीपदान ?
व्रतको समयमा
नरकचतुर्दशी र यम द्धितियाको दिनमा
पुर्णिमाको दिनमा
दुर्गम स्थान र भुमिमा दीप जलाउनाले व्यक्ति नरक जानबाट बच्छ ।

दीपदान गर्नुको यस्तो छन् फाइदा
अकालमा हुने मृत्युबाट बच्न
मृतक आफन्तको सद्गतिको लागि
लक्ष्मी माता र भगवान विष्णुलाई प्रसन्न गराई कृपा प्राप्त गर्न
यम, शनि, राहु र केतुको नराम्रो प्रभावबाट बच्न
सबै प्रकारका समस्या, गृह कलह र संकट मोचनको लागि
जीवनमा अन्धकार हटाएर उज्यालो ल्याउन
मोक्ष प्राप्तिका लागि
कुनै पनि मांगलिक कार्यको सफलताको लागि
घरमा धन समृद्धि बनी रहनको लागि
कात्तिक महिनामा भगवान विष्णु वा उनको अवतारको समक्ष दीपदान गर्दा यज्ञ, तिर्थ र दानको फल प्राप्त हुन्छ । धार्मिक ग्रन्थको सहयोगमा

 



प्रतिक्रिया दिनुहोस्