Logo

पूर्वमन्त्री आलेले उपचाररत रिपोर्ट पठाउँदै भनेः पार्टी नमिले राजनीतिबाट सन्यास लिनसक्छु



काठमाडौं, ३१ असार । मन्त्री बन्नका लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेको खबर आएपछि पूर्वमन्त्री प्रेम आलेले यसको खण्डन गरेका छन् । उनले आफू उपचारका लागि ब्लु लोटस अस्पतालमा रहेको र देउवालाई कुनै हालतमा नभेटेको जवाफ दिएका छन् ।

उनले ब्लु लोटसमा उपचार गराइरहेको रिपोर्ट पठाउँदै भने,‘मैंले शेरबहादुर देउवालाई भेटेकै छैन ।’ आफू नेकपा एमाले नमिलेकोमा निकै असन्तुष्ट भएको बताए ।
एमाले एक नभई राजनीतिबाट नै सन्यास लिनसक्ने बताए । उनले भने,‘पार्टी एक नभए राजनीतिबाट सन्यास लिनसक्छु ।’

आफू ढाडमा नशा च्यापिएर उपचार गराइरहेको सुनाए । उपचार भइरहँदा आफ्ना बारेमा भ्रामक खबर आउँदा आश्चर्यचकित भएको बताए ।



प्रतिक्रिया दिनुहोस्