Logo

महालक्ष्मी विकास बैंकको महिलामैत्री शौचालय बनाउन आर्थिक सहयोग



काठमाडौं, ३१ असार । महालक्ष्मी विकास बैंकले विद्यालयमा महिला मैत्री शौचालय बनाउन सहयोग गरेको छ । बैंकको भैरहवा शाखाले विद्यालयमा महिला मैत्री शौचालय बनाउन सहयोग गरेको हो ।

बैंकले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा न. १ मा अवस्थित बेलहिया माध्यामिक विद्यालयमा निर्माण गर्न लागिएको महिला मैत्री शौचालयका लागि एक लाख ७५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

बैंकको भैरहवा शाखाका प्रबन्धक गौतम गुप्ताले रोटरी क्लब अफ भैरहवाका अध्यक्ष चक्रमणि आचार्यलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् । उल्लेखित कार्यक्रम रोटरी क्लब अफ भैरहवाका अध्यक्ष चक्रमणि आचार्यको अध्यक्षता तथा सचिव साजन जंग राणाको संचालनमा सम्पन्न भएको थियो ।

बैंकले हालको विषम परिस्थितिमा सम्पुर्ण ग्राहकलाई मोवाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, कनेक्ट आईपीएस, क्युआर कोड लगायतका विद्युतीय बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्